IMR Manpower, which sends workers abroad without charging them money, receives ‘IRIS Certificate’

  • Home
  • Media Coverage
  • IMR Manpower, which sends workers abroad without charging them money, receives ‘IRIS Certificate’
IRIS

कामदारहरूसँग पैसा नलिई (शून्य लागत) मा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाउने इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रालि (आइएमआर) अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)बाट प्रमाणीकरण भएको छ।

आइओएमको इन्टरनेसनल रिक्रुटमेन्ट सिष्टम (आइरिस) सर्टिफिकेट प्राप्त गरी प्रमाणीकरण भएको हो।

नेपालमै पहिलो पटक आइएमआर म्यानपावरले उक्त सर्टिफिकेट पाएको कम्पनीको दाबी छ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीका सञ्चालक वाइबी राईले आफ्नो कम्पनीले न्यायोचित भर्ना प्रकृया अपनाइरहेका कारण कामको मूल्यांकन गर्दै आइओएमले उक्त सर्टिफिकेट दिएको बताए।

यो म्यानपावरले सन् २००४ देखि खाडी तथा मलेसियासहित विश्वका विभिन्न देशमा कामदार पठाउन थालेको हो।

सन् २०१६ देखि न्यायोचित र नैतिक भर्ना प्रक्रिया सुरू गरेको उनले बताए।

२०१८ देखि श्रमिक भर्ना प्रक्रियामा लाग्ने सबै खर्च रोजगारदाताले बेहोर्ने गरी न्यायोचित भर्ना प्रक्रिया सुरू गरेको उनले बताए।

हालसम्म यो म्यानपावरले १८ हजारभन्दा धेरै कामदार शून्य लागतमा वैदेशिक रोजगारीका लागि पठाएको जनाएको छ।

म्यानपावरले मलेसिया, साउदी, युएई, कतार लगायत मुलुकमा शून्य लागतमा पठाइरिहेको सञ्चालक राईले बताए।

International Manpower Recruitment Pvt. Ltd. (IMR) is an ethical recruitment agency in Nepal with a
demonstrated history of serving as one of the premier recruitment agency for the past 21 years. We have
been meeting human resource needs of reputable companies globally since 2004, and have placed over
50,000 workers in diverse sectors including manufacturing, hospitality and construction.

Gwarko -7 Lalitpur, Nepal
+977 5204347
(10am - 05 pm)