IMR becomes Nepal’s first manpower company to receive IRIS certification

  • Home
  • Media Coverage
  • IMR becomes Nepal’s first manpower company to receive IRIS certification
IRIS
काठमाडौँ । इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. (आईएमआर) ले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) बाट इन्टरनेशनल रिक्रुटमेन्ट सिष्टम (आईरिस) सर्टिफिकेटे पाएको छ । आईरिसअन्तर्गत मान्यता पाई प्रमाणीकरण हुने आईएमआर पहिलो नेपाली कम्पनी बनेको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका सञ्चालक प्रबन्ध निर्देशक वाइबी राईले न्यायोचित र नैतिक भर्ना प्रक्रिया (इथिकल रिक्रुटमेन्ट) को मूल्यांकन गरेर आईओएमले आईरिसअन्तर्गत प्रमाणित गरेको बताए । सन् २००४ देखि मलेसिया तथा खाडीसहित विभिन्न देशहरूमा कामदार पठाउँदै आएको आईएमारले सन् २०१६ देखि ईथिकल रिक्रुटमेन्टको प्रक्रियाको प्रारम्भ सुरु गरेको थियो । कम्पनीले सन् २०१८ देखि श्रम आप्रवासनका क्रममा हुने खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सिद्धान्तमा आधारित स्वच्छ श्रमिक भर्ना प्रक्रिया अपनाउँदै आएको कम्पनीले जनाएको छ । सन् २०२१ देखि आईओएमबाट सञ्चालित न्यायोचित र नैतिक भर्ना प्रक्रियासम्बन्धी तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमहरूमा सहभागी हुँदै आएको थियो । क्षमता अभिवृद्धिसम्बन्धी चरण पूरा गरेर पूर्व लेखापरीक्षण समेत सम्पन्न गरेपछि आईओएमले सन् २०२३ अगष्टमा आईरिस सर्टिफाईड गरेको प्रबन्ध निर्देशक राईले बताए । सिफारिसपछि आईओएमले गहन र विस्तृत लेखापरीक्षण गरेर सन् २०२५ को मे २८ मा औचारिकरूपमा आईरिस प्रमाणपत्र प्रदान गरेको थियो । कम्पनीले हालसम्म १८ हजारभन्दा बढी नेपाली कामदारलाई मलेसिया, कतार, यूएई र साउदी अरेबियामा इथिकल रिक्रुटमेन्टको प्रक्रियाका माध्यमबाट पठाएको राईको भनाइ छ । रातोपाटी

International Manpower Recruitment Pvt. Ltd. (IMR) is an ethical recruitment agency in Nepal with a
demonstrated history of serving as one of the premier recruitment agency for the past 21 years. We have
been meeting human resource needs of reputable companies globally since 2004, and have placed over
50,000 workers in diverse sectors including manufacturing, hospitality and construction.

Gwarko -7 Lalitpur, Nepal
+977 5204347
(10am - 05 pm)