Corporate Social & Environmental Responsibility
संस्थागत सामाजिक र वातावरणिय उत्तरदायित्व
इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट (आइ.एम.आर) सरोकारवालाहरुको हितको पहिचान गर्दै आर्थिक, वातावरणीय र सामाजिक सन्तुलन कायम गरी सेवा प्रदान गर्न प्रतिबद्ध छ । हामी रेस्पोन्सिवल विजनेस एलाएन्स (आर.बी.ए.) को आचार संहिताको पालना गर्न तत्पर छौं । साथै हाम्रो आपूर्तिकर्ताहरुलाई पनि उक्त आचार संहिताको परिधिमा रहन प्रोत्साहन गर्छाैं। सम्पूर्ण आपूर्ती चक्रमा सुरक्षित कार्यस्थल, कामदारको अधिकार, वातावरणीय दायित्व र नैतिकताको पालना सुनिश्चित गराउनको लागि आपूर्तिकर्ताहरुसँग समन्वय गर्नेछौं । हामी हाम्रा सम्पूर्ण सेवाग्राही, कर्मचारी, ग्राहक र आपूर्तिकर्ताहरुसँग ईमान्दारी र पारदर्शिरुपमा जानकारी र सुचना आदन–प्रदान गर्ने प्रतिबद्धता जनाउँदछौं । आई.एम.आर नेपाल तथा सम्बधित् विदेशमा पालना गर्नुपर्ने वैधानिक र नियामक नीति तथा नियम पुरा गर्न प्रतिबद्ध छ । समय समयमा आर.बि.ए.को निर्देशन बमोजिम हाम्रो उद्देश्यहरुको समीक्षा गरी क्रमिक सुधारको सुनिश्चितता गराउँदछौं ।